काठमाण्डु-नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले अफिसियल जर्सी सार्वजनिक गरेको छ ।
आफ्नै क्षेत्र लुम्बिनीको मायादेवी मन्दिरमा पुगेर लुम्बिनी लायन्सले जर्सी सार्वजनिक गरेको हो ।
क्लबका मालिक ईश्वर जिसी, लुम्बिनी लायन्सका ब्राण्ड एम्बासडर नायक राजेश हमाल र विशेष अतिथि आनी छोइङ डोल्माले संयुक्त रुपमा जर्सी सार्वजनिक गरे ।
जर्सी सार्वजनिक कार्यक्रममा लुम्बिनीका मार्की प्लेअर रोहितकुमार पौडेलदेखि अन्य खेलाडीहरू पनि सहभागी थिए ।
जर्सीको निलो रङ्गले सम्पूर्ण नेपालको शान्ति र समृद्धिको भावना बोकेको लुम्बिनी लायन्सले जनाएको छ । सुनौलो रङ्गले लुम्बिनीभित्र रहेको अखण्ड दीपको प्रतिनिधित्व गर्छ भने सिंहको रंग पानी सुनौलो रंग नै हुने भएकोले सुनमा सुनौलो छाएको क्लबले जनाएको छ ।
यस्तै जर्सी सार्वजनिक गरेपछि ¥याली कार्यक्रम समेत आयोजना गरिएको छ । क्यानको आयोजनामा हुने एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुनेछ । यसमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया