काठमाण्डु- लुम्बिनी प्रदेश राजधानीको भौतिक संरचना निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको छ । पहिलो चरणमा मुख्यमन्त्री कार्यालय र अन्य ९ मन्त्रालयका भवन निर्माण भइरहेका छन् भने दोस्रो चरणमा प्रदेशसभाका केहि भवनहरू छन् ।
पहिलो चरणका भवनहरू धेरैजसोमा अहिले रङ्गरोगनको काम भइरहेका छन् । भवन निर्माणसँगै ढल निकास, नाली, फुटपाथ, सडकबत्ती जडानका काम पनि तीव्र भइरहेका छन् ।
राजधानी निर्माणको भौतिक प्रगति ६५ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत रहेको प्रदेश राजधानी निर्माण आयोजना प्रमुख ईश्वर राज जोशीले बताए ।
२०७९ फागुनदेखि सुरुभएको भवन निर्माणको काम २०८२ पुसमा सम्पन्न गर्ने सम्झौता छ । कुल ३ अर्ब ९ करोड लागत रहेको भवन निर्माणको जिम्मा शर्मा सगुन जेभी काठमाडौँले पाएको छ ।
हाल लुम्बिनी प्रदेशको प्रशासनीय काम राप्ती प्राविधिक शिक्षालय र राप्ती गाउँपालिकाको भवनहरूबाट सञ्चालन हुदै आएको छ ।
प्रतिक्रिया