काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)को १९औं खेलमा काठमान्डु गुर्खाजले जित निकालेको छ । लुम्बिनीलाई १८ रनले हराउदै काठमान्डुले जित हात पारेको हो ।
काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४ बल बाँकी रहदै १० विकेट गुमाएर ८५ रन मात्र बनायो ।
लुम्बिनीका लागि सर्वाधिक सन्दिप जोराले २६ रन जोडे । यस्तै उन्मुक्त चन्दले १९ बलमा १४ रन र सुर्य तामाङले १४ बलमा ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
काठमान्डुकालागि करण केसीले ४, दिपेस कँडेलले ३ गेर्हार्ड इरास्मसले २ र साशिद खानले १ विकेट लिए ।
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको काठमान्डुले ४ बल बाँकी रहदै १० विकेट गुमाएर १०३ रन बनायो ।
काठमान्डुकालागि सर्वाधिक भिम सार्कीले ४० बलमा ३१ रन, डैन डाउथवेटले २४ बलमा २१ रन, स्टीफन एस्किनाजीले १६ बलमा १३ रन जोडे ।
बलिङमा साद विन जफर ३, अभिषेश गैतमले २ विकेट लिए भने, रामोन सिमन्ड्स, , सुर्य तामाङ, बिबेक यादवले समान १–१ विकेट लिए ।
प्रतिक्रिया