मच्छिन्द्रनाथको जात्रा विधि छोट्याएर समापन गरियो

मच्छिन्द्रनाथको जात्रा विधि छोट्याएर समापन गरियो


काठमाण्डु – नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको जात्रा विधि छोट्याएर समापन गरिएको छ ।

विगतका वर्षमा पाटनका विभिन्न क्षेत्र परिक्रमा गरी जाउलाखेलमा भोटो देखाउने जात्रापछि मच्छिन्द्रनाथको रथ तानेर बुङ्मती लैजाने गरिन्थ्यो । तर, यस वर्ष महामारीका कारण स्थानीय प्रशासन र जात्रा आयोजकबीच भिड नगरी सीमित व्यक्तिको सहभागितामा जात्रा समापन भएको छ ।

आज विहान पुल्चोकमा रहेको रथमा क्षमा पूजा गरिएको थियो र दिउँसो एक बजे विशेष पूजा गरेर मच्छिन्द्रनाथलाई बुङ्मती लगिएको हो ।