शल्यक्रियापछि हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार

शल्यक्रियापछि हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार


काठमाडौं – वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार आएको छ ।

अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया गरिएको उल्लेख छ । शल्यक्रिया डा रेशा श्रेष्ठ र डा वसन्त पन्तले गरेका थिए ।