काठमाण्डु- मधेश प्रदेशको बजेटबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन हुने भएको छ ।
आइतबार बसेको मधेश प्रदेश सभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले मदेश प्रदेश सरकारले ल्याएको बजेटबारे छानबिन गर्न उच्चस्तरीय छानिबिन समिति गठन गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
उच्चस्तरीय छानबिन समिति गठन र कार्यजिम्मेवारी निर्धारण गर्न मुख्यमन्त्री सतिशकुमार सिंह र निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई जिम्मा दिइएको छ ।
बजेटमा त्रुटि भएको सरकारले स्वीकार गरेको भन्दै जसपा नेपालले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आइरहेको थियो ।
प्रतिक्रिया