मध्यरातबाट मौन अवधिः फेसबुकमार्फत् पनि भोट नमाग्नुहोस्, नत्र उम्मेदवारी रद्द होला!

मध्यरातबाट मौन अवधिः फेसबुकमार्फत् पनि भोट नमाग्नुहोस्, नत्र उम्मेदवारी रद्द होला!


काठमाडौंः स्थानीय तहको तेस्रो चरणमा प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुने निर्वाचनका लागि शुक्रबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुने छ।

 

मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुञ्जेल राजनीतिक दल, दल तर्फका उम्मेदवार , राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सञ्चार जगत्ले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

 

 

निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने तथा मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मि वरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने व्यवस्था छ।

 

के गर्न पाइँदैन?
१. निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन ।

 

२. मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० ३. मिटरवरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री दलहरूले हटाउनुपर्ने।

 

३. एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने।

 

४. उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्नअंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटुजस्ता सांकेतिक . सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न(गराउन नपाइने।

 

५. उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने।

 

यस्तो छ कारबाहीको व्यवस्था
निर्वाचन आयोगका अनुसार मौनअवधिको उलंघन भएको पाइएमा सामान्यतया निर्वाचन आचारसंहिता उल्लंघन सम्बन्धि कारबाही हुनेछ। कसैले पनि मौनवधि विपरित काम गरे सुरुमा स्पष्टिकरण सोध्ने र एक लाखसम्म जरीवाना हनेछ।

 

 

तर, हदै भएको खण्डमा भने आयोगलाई निर्वाचन कसुर सजाय ऐन अनुसार हुने आयोगले बताएको छ।

 

 

सो ऐन आकर्षित भए एक लाख जरिवाना, उम्मेदवारी रद्द या यस्तो उजुरी परे निर्वाचन जितेपछि पनि मान्यता नदिने अधिकार प्रयोग हुन सक्नेछ। आयोगले मौनअवधिभर बाहिरी कार्यक्रम नगरे पनि सोसल मिडियाबाट उम्मेदवार वा पार्टीले गर्नसक्ने प्रचारप्रसारलाई ध्यानमा राखेर विशेष संयन्त्र परिचालन गरेको जनाएको छ।