निर्वाचनको समीक्षा गर्न एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

निर्वाचनको समीक्षा गर्न एकीकृत समाजवादीको सचिवालय बैठक सुरु


काठमाण्डु – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । शनिबार काठमाण्डुको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बैठक सुरु भएको हो ।

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनको समीक्षा गर्न बैठेक बसिरहेको जनाइएको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरु सहभागी छन् ।