काठमाण्डु – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नं १ का उम्मेदवार नेपालले मतदातालाई फ्रि भिसा र फ्रि टिकटको आश्वासन दिएको विषयप्रति आयोगले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको हो ।
अध्यक्ष नेपालले रौतहट जिल्लामा आयोजित एक कार्यक्रममा आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारी अवसर दिने आश्वासन बाँडेको विषयमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।
आयोगले उक्त सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा नेता नेपालको हो होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकाले स्पष्टीकरण सोधेको हो ।
सोही विषयमा आयोगले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्र पठाएको छ ।
प्रतिक्रिया