बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ : अध्यक्ष नेपाल

बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ : अध्यक्ष नेपाल


कास्की – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहकारी अपचलनमा संलग्न जो कसैलाई कारवाही हुनुपर्ने र बचतकर्ताले आफूले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले दोषी कसैले उन्मुक्ति नपाउन्, निर्दोशी कोही पनि नफसुन् राजनीतिक पूर्वाग्रहका आधारमा केही पनि काम हुनुहुँदैन । सरकारले बचतकर्ताको पैसा पाउने वातावरण बनाउनुपर्दछ ।’

एकीकृत समाजवादी पार्टीले अहिले अन्य कुनै पार्टीसँग पनि मिल्ने सोच नराखेको र स्थिति पनि नबनेको अध्यक्ष नेपालले बताए । विचार मिल्ने शक्तिसँग मोर्चा बनाएर जान आफूहरू तयार रहेको उनले स्पष्ट पारे ।

‘विषयवस्तुमा सहकार्यमा गरेर अघि बढ्न तयार छौं । अरु पार्टीसँग मिल्ने र एकता गर्ने स्थिति अहिले छैन,” नेपालले भने ।