पुर्वगृहमन्त्री घिमिरे सवार जिप दुर्घटनमा आपराधिक गन्ध छैन

पुर्वगृहमन्त्री घिमिरे सवार जिप दुर्घटनमा आपराधिक गन्ध छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ -पूर्वगृहमन्त्री माधव घिमिरे सवार गाडि दुर्घटना हुनुमा कुनै आपराधिक गन्ध नभएको प्रतिवेदन सार्वजनिक भएको छ । जीप दुर्घटनाबारे अनुसन्धान गर्न गठित पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठित समितिले यस्तो प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको हो । प्रतिवेदनमा ट्रकलाई ओभरटेक गर्न खोज्दा गाडी अनियन्त्रित भई दुर्घटनामा परेको उल्लेख छ ।

प्रतिवेदनमा उक्त दुर्घटना आपराधिक उद्देश्यले नभएको र दुर्घटना भएका बेला गाडी पूर्वमन्त्री घिमिरे आफैँले नै चलाएको उल्लेख छ । गत असोज ९ गते पोखराबाट काठमाडौं र्फकने क्रममा पूर्वगृहमन्त्री घिमिरे चढेको गाडी चितवनको दारेचोक नजिकै घोप्टेभीरमा दुर्घटना भई त्रिशुली नदीमा खसेको थियो ।प्रतिवेदनमा सो घटनालाई दुखद सवारी दुर्र्घटना भनि अंकित गरिएको छ । त्रिशुलीमा डुबेर वेपत्ता भएका घिमिरेको शव अहिलेसम्म फेला पर्न सकेको छैन ।

दुर्घटनालगत्तै सरकारले पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिमा नेपाल प्रहरीका एआईजी केदार साउद, सशस्त्र प्रहरी वलका एआईजी प्रेम शाही सदश्य थिए ।