माधव नेपालले गरे ‘नमेटिने घाउ’को डबिङ

माधव नेपालले गरे ‘नमेटिने घाउ’को डबिङ


काठमाण्डु-पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चलचित्र ‘नमेटिने घाउ’मा आफूले गरेका अभिनय दृश्यको डबिङ गरेका छन् ।

रेडियो नेपालको स्टुडियोमा पुगेर उनले चलचित्रमा आफूले अभिनय गरेको संवादको डबिङ गरेका हुन् ।

अभिनेता रमित ढुंगानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अभिनय गरेका छन् । केही दिनमा उनले पनि डबिङ गर्ने निर्माणपक्षले जनाएको छ ।

‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित चलचित्र हो । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितको कथालाई समेटेर बनाइएको छ ।

चलचित्रमा शिवम् अधिकारीको कथा छ ।

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, बिशाल देबकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ।

रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। ‘नमेटिने घाउ’मार्फत सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाही को समेत अभिनय रहेको छ ।

चलचित्रमा नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन ,ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।