चुनावअघि कसैसँग पार्टी एकता हुँदैन : माधव नेपाल

चुनावअघि कसैसँग पार्टी एकता हुँदैन : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने बताएका छन । प्रेस संगठन धनगढीले सोमबार बिहान गरेको पत्रकार भेटघाटका क्रममा अध्यक्ष नेपालले संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने बताएका हुन् ।

‘चुनावअघि हाम्रो कुनै पार्टीसँग एकता हुँदैन, कसैले सपना देख्छ भने त्यो सपना मात्रै हो,’ नेपालले भने, ‘निर्वाचनमा एकीकृत समाजवादी एक्लै होमिन्छ ।’ नेकपा एस पार्टी एकताभन्दा संगठन विस्तारमा लागि परेको उनको भनाई छ।