जन्मशताब्दीमा राष्ट्रकविलाई सहायक रथीको उपाधि ‘उपहार’

जन्मशताब्दीमा राष्ट्रकविलाई सहायक रथीको उपाधि ‘उपहार’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान गरिएको छ।

२६ माघको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा राष्ट्रकवि घिमिरेलाई सहायक रथीको दज्र्यानी चिह्न प्रदान गरेकी हुन्।

राष्ट्रकवि घिमिरेलाई उनको जन्मशताब्दी वर्षको उपलक्ष्यमा सरकारले सो उपाधि दिएको हो। १९७६ असोज ७ गते लमजुङको बाहुनडाँडामा जन्मिएका राष्ट्रकवि घिमिरेलाई नेपाली साहित्यमा शिखरपुरुषका रुपमा लिइन्छ।

साहित्यका माध्यमबाट राष्ट्रिय एकतालाई बलियो तुल्याउँदै राष्ट्रिय प्रेमले ओतप्रोत, राष्ट्रियता र स्वाभिमानलाई प्रवद्र्धन र उजिल्याउने काम गरेबापत सरकारले घिमिरेलार्इ सहायक रथीको मानार्थ उपाधि प्रदान गर्ने निर्णय गरेको थियो ।