वीरगञ्ज – मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिश सिंहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।
प्रदेश सभाबाट मुख्यमन्त्री सिंहले ६७ सांसदको समर्थन पाएका छन् । प्रदेश सभाका १०७ सांसदहरूमध्ये ६७ सांसदले पक्षमा मतदान गरेको सभामुख रामचन्द्र मण्डलले बताए ।
उनको विपक्षमा ३४ मत परेको छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा बनेको सिंह नेतृत्वको सरकारले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् भने कांग्रेस, एमाले, जनमत, लोसपाले पक्षमा मतदान गरेको छ ।
प्रतिक्रिया