धनुषा – मधेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् ।
प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पुनर्गठित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट २ र नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट १/१ जना राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
कांग्रेसका तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलमकुमारी रजक ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
एमालेका मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादव शक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भुकुमार साह उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
नवनियुक्त राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री सिंहले मंगलबारै पद तथा गोपनीयताको शपथ गराएका छन् । सो अवसरमा प्रदेश प्रमुख, सभामुख लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया