काठमाण्डु – बलियो शक्ति निर्माणको अभ्यासमा रहेका मधेश केन्द्रित दलहरूको एकता संवाद समितिको बैठक सिंहदरबारमा सुरु भएको छ ।
सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा समितिका प्रतिनिधिको बैठक सुरु भएको हो ।
सबै मधेश केन्द्रित दलहरूले एकताका लागि वार्ता समिति बनाएका छन् । समितिको बिहीबारको बैठकमा जसपा, जसपा नेपाल, जनमत, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील, तमलोपाका प्रतिनिधि सहभागी छन् । ८ दलबीच मुद्दा केन्द्रित सहकार्यका लागि छलफल गर्न सबै दलले वार्ता समिति बनाएका छन् । वार्ता समितिका नेताहरूबीच अहिले छलफल चलिरहेको छ ।
बैठकमा जसपाबाट रेणु यादव, जनमतबाट शरदसिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव, रामकुमार शर्मा र मनिष सुमन, नागरिक उन्मुक्तिबाट लालवीर चौधरी र गंगा चौधरी, लोसपाबाट सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्ण सहभागी रहेका छन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राम नरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजी यादव र सब्बीर हुसैन तथा तमलोपाबाट वृषेशचन्द्र लाल र विजय सिंह बैठकमा सहभागी छन् ।
प्रतिक्रिया