काठमाण्डु – नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो ।
भदौ ३० देखि असोज ६ गतेसम्म दर्खास्त दिन प्रहरी हेडक्वाटले सूचना जारी गरेको छ । म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ ४४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउनेछन् ।
देशभरका सबै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त फारम पाइने र त्यहिँ बुझाउन सकिने प्रहरीले जनाएको छ । स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी भएर काम गरेकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
त्यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा काम गरिसकेकालाई पनि म्यादी प्रहरीमा प्राथमिकता दिइनेछ । विभिन्न देशमा सुरक्षागार्डका रुपमा काम गरेकाले पनि म्यादी प्रहरीको भर्नामा प्राथमिकता पाउनेछन् ।
कार्यदिन ४० दिनका लागि करिब ५० हजार तलब तोकिएको छ ।
प्रतिक्रिया