प्रचण्ड परिवार फेरी शाेकमा, सीताका भाईको निधन

प्रचण्ड परिवार फेरी शाेकमा, सीताका भाईको निधन


काठमाडौं- माओवादी अध्यक्ष प्रचण्डकी पत्नी सीताका भाई महाप्रसाद पौडेलको निधन भएको छ । उनी माओवादीका पार्टी सदस्य थिए ।उनी सीताका माइला भाइ हुन् । चितवनमा बस्दै आएका पौडेलको आज निधन भएको हो ।

उनको आजै देवघाटमा अन्त्यष्टि गरिएको माअ‍ोवादी चितवनका नेता गोपाल न्यौपानेले बताए ।प्रचण्डका भाइ नारायण दाहालले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए ।  प्रचण्ड पुत्र प्रकाश दाहालको मंसिरमा हृदयघातका कारण निधन भएको थियो ।