धौलीगंगा बाँधको ढोका खोल्दै भारत, महाकालीमा बाढीको खतरा

धौलीगंगा बाँधको ढोका खोल्दै भारत, महाकालीमा बाढीको खतरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पश्चिमी भुभागका लगातारको वर्षाका कारण महाकाली नदीको बहाव बढ्दै गएका बेला भारतले धौलीगंगा बाँधको ढोका खोल्ने तयारी गरेको छ।

महाकालीमा बहाव बढेपछि गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङग्रे सवारीसाधनको आवागमन बन्द गरिएका बेला भारतले बाँध सफाइका नाममा नाममा ढोका खोल्ने भएको हो।

भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगंगामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध सरसफाइका लागि भन्दै सोमबार बिहान ७ बजे खुला गरिन लागेको हो।

सो जानकारी पश्चात जिल्ला प्रसासन कार्यालय दार्चुलाले सूचना जारी गरेर नदी तटीय क्षेत्रका नागरिकलाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ।

बाँधको पानीका कारण महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएको कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न भारत र नेपाल दुवै देशका स्थानीय प्रशासनले अनुरोध गरेका छन्। दार्चुला सदरमुकाम सदरमुकामबासीलाई सबैभन्दा बढी सतर्क रहनुपर्छ।

दार्चुलाको व्यास, दुहु, मालिकार्जुन र लेकम गाउँपालिकाका साथै महाकाली नगरपालिकाका महाकाली नदी तटीय क्षेत्रमा बसोबास गर्ने सबै स्थानीयलाई सुरक्षित भएर बस्न एवं पूर्व सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हो।

यसअघि धौलीगंगा जलविद्युत परियोजना छिरकिल्ला बाँधमा पानीको मात्रा अत्याधिक भएको कारणले साउन १२ गते पनि बाँधको ढोका खोलिएका थिए। २०७० सालमा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौंको क्षति पुगेको थियो।

शनिबार रातिदेखिको अबिरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले आइतबार दिउँसो १२ वजेपछि पुलमा चार पाङ्ग्रे सवारीसाधनको अवागमन बन्द गरिसकेको छ।

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्ने बित्तिकै भारतीय पक्षले पुलमा गाडी आवातजावत बन्द गर्दै आएको छ ।

महाकाली नदीमा पानीको बहाव एक लाख ८ हजार क्युसेक मापन गरिएको छर

महाकाली नदीमा पानीको बहाव बढेसँगै कञ्चनपुरको भीमदत्त नगरपालिकाको महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्ह गरेको छ।
पुल पुरानो र जीर्ण भएका कारण १ लाख क्युसेक पानी पुगेसँगै भारतीय पक्षले पुलमा आवागमन बन्द गर्ने गरेको छ ।