काठमाण्डु – महालेखापरीक्षक तोयम रायाले कार्यालयको ६१औँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका छन् ।
महालेखापरीक्षक रायाले दिउँसो ३ बजे राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेको महालेखापरीक्षकको कार्यालयका प्रवक्ता श्रीकुमार राईले जानकारी दिए ।
सार्वजनिक निकायहरुको अघिल्लो आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा आधारित विवरणसहित तयार पारेको प्रतिवेदन महालेखाले राष्ट्रपतिलाई बुझाएको हो ।
प्रतिक्रिया