उपप्रधानमन्त्रीद्वारा चीनको ग्वान्जाओमा महावाणिज्य दुतावासको उद्घाटन

उपप्रधानमन्त्रीद्वारा चीनको ग्वान्जाओमा महावाणिज्य दुतावासको उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको गोन्जाओस्थित नेपालको महावाणिज्य दुतावास कार्यालयको उद्घाटन गर्नुभयो । परराष्ट्रमन्त्री महराले आईतबार ग्वान्जाओमा आयोजना गरिएको  विशेष कार्यक्रममलाई सम्बोधन गर्दै उहाँले नेपालको कार्यालय खोल्न सहयोग गरेकोमा चिनीया सरकार तथा ग्वाङन्दोङ प्रान्तीय सरकारलाई धन्यावाद दिएको महराका प्रेस संयोजक हरि लामिछानेले जानकारी दिए ।

 

 

यो नियोग चीनस्थित नेपालको चौथो कुटनीतिक नियोग भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महाराले नेपाल चीनबीचको द्वीपक्षीय सम्बन्धलाई थप सबल बनाउन र वाणिज्यका क्षेत्रमा अझ सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

 

 

यो प्रान्तसँग नेपालको व्यापार सम्बन्ध मजबुद रहकोको भन्दै उपप्रधानमन्त्री महराले यो कार्यालय स्थापनापछि आर्थिक एवम् व्यापारिक गतिविध थप विस्तार हुने बताउनुभयो । उहाँले आउँदा दिनमा दुई देशका जनताका बिचमा पनि राम्रो सम्बन्ध विस्तार हुने उल्लेख गर्नुभयो ।

 

गोन्जाओमा झण्डै २०० भन्दा बढी नेपाली व्यावसायीहरु विभिन्न व्यापार–व्यावसायमा संलग्न छन् । ब्यवसायीहरुले महावाणिज्य दूतावास खुलेसँगै व्यापारीलाई आइपर्ने समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।  उक्त कार्यक्रममा चीनका लागि नेपाली राजदूत लिलामणी पौडेललगायतको उपस्थिती थियो ।