प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति हुन्छ : माओवादी नेता महरा

प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति हुन्छ : माओवादी नेता महरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही– माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति हुने स्पष्ट पारेका छन् । दाङमा मतदाता भेटघाट कार्यक्रममा आईतबार बोल्दै नेता महराले पार्टी एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति हुने दाबी गरे ।

 

 

वहालवाला उपप्रधानमन्त्री समेत रहेका नेता महराले दुई पार्टीको एकता सम्मानजनक हुने बताए । एमाले नेताहरुले पार्टी एकतापछि पनि प्रधानमन्त्री र पार्टी अध्यक्ष एउटै व्यक्ति हुने भन्दै सार्वजनिक रुपमा बोलेपछि महराको यस्तो धारणा आएको हो ।

 

 

उनले पाँच नम्बर प्रदेशको राजधानी कुनै पनि हालतमा दाङ हुने बताए । एमाले नेता विष्णु पौडेलले ५ नम्बर प्रदेशको राजधानी वुटवल हुनुपर्ने बताउदै आएका छन् ।