परराष्ट्रमन्त्री महराले संयुक्त राष्ट्रसङ्घको महासभामा गरे उच्चस्तरीय भेटवार्ता

परराष्ट्रमन्त्री महराले संयुक्त राष्ट्रसङ्घको महासभामा गरे उच्चस्तरीय भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क – उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा संयुक्त राष्ट्रसङ्घको ७२औं महासभाको उद्घाटन समारोहमा सहभागी हुनुभएको छ । न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा मङ्गलबारदेखि सुरु भएको महासभा ‘जनता केन्द्रित ः शान्तिका लागि प्रयास तथा दीगो ‘प्लानेट’का लागि मर्यादित जीवन’ भन्ने मुख्य विषयमा केन्द्रित छ ।

 

 

महासभाको उद्घाटनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो । त्यस लगतै महासभालाई ब्राजिलका राष्ट्रपति माइकेल टेमेर र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रपले सम्बोधन गर्नुभयो ।

 

सो अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री महरा बेलायती प्रधानमन्त्री थेरेसा मेले प्रस्तुत गर्नुभएको जबरदस्ती श्रम, आधुनिक दास तथा मानव तस्करीसम्बन्धी कार्यक्रममा सहभागी हनुभयो । सो अवसरमा उहाँले संयुक्त राष्ट्रसङ्घ अन्तर्गतका संस्था तथा गैरसरकारी संस्था  शिक्षा तथा जागरुकतामा केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले नेपाल जबरदस्ती श्रम, दास तथा मानव तस्करीको मुक्तिका लागि नेपालले प्रतिवद्धता जनाएको स्पष्ट पार्नुभयो ।

 

त्यसअघि परराष्ट्रमन्त्री महरा दीगो विकासका लागि पानी भन्ने अन्तरक्र्रियामा सहभागी हुनुहुन्थ्यो । सो अन्तरक्र्रिया सन् २०३० सम्म सबैलाई सुरक्षित र खरिद गर्न सक्ने पानीको  पर्याप्तता तथा त्यसका लागि पूर्वाधारमा ठूलो लगानी गर्ने विषयमा केन्द्रित थियो ।

 

 

त्यसैगरी सोही क्रममा युरोपेली सङ्घ, जापान तथा संयुक्त राष्ट्र सङ्घले आयोजना गरेको गुणस्तरीय पूर्वाधारमा लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्रमन्त्री महराले सहभागीता जनाउनुभयो । त्यसलगतै उहाँ महासचिव एन्टोनियोले आयोजना गर्नुभएको भोजमा सहभागी हुनुभयो ।

 

 

त्यसैगरी उहाँले मित्रराष्ट्र नर्वेका विदेशमन्त्री बोर्जे ब्रेन्डेसंग द्विपक्षीय वार्ता गर्नुभयो । सो अवसरमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध तथा सहयोगका विषयका विविध विषयमा छलफल भएको थियो ।

 

महासभाकै अवसरमा  उपप्रधानमन्त्री महराले दक्षिणी एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को मन्त्रीस्तरीय बैठकको अध्यक्षता गर्नुहुनेछ । त्यस्तै उहाँले असंलग्न आन्दोलन (जि७७), चीन, अतिकम विकसित मुलुक तथा भूपरिवेष्ठित विकाशील मुलुकको बैठकमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।
 

 

महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा आजै न्युयोर्क पुग्दै हुनुहुन्छ ।