शारीरिक सुगठनमा स्वर्ण पदक विजेता मर्हजनलाई प्रचण्डको बधाई

शारीरिक सुगठनमा स्वर्ण पदक विजेता मर्हजनलाई प्रचण्डको बधाई


काठमाडौं– शारीरिक सुगठनमा स्वर्ण पदक विजेता वनेका नेपाली खेलाडी महेश्वर महर्जनलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । नेकपा अध्यक्ष प्रचण्ड निवासमा आईतवार भएको भेटमा प्रचण्डले पदक जितेर देशको गौरव उचो पार्न सहयोग पुर्याएकोमा बधाई दिएका थिए ।

नेकपा अध्यक्ष प्रचण्डले नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीहरुको ठूलो भूमिका रहने बताए । खेलाडी महर्जनले आफुले व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समुहमा स्वर्ण पदक जितेको भन्दै राज्यले थप वातावरण बनाइदिए अझै देशको लागी खेल्ने सपना भएको बताए ।

उनले मिस्टर युनिभर्समा सहभागी हुने ईच्छा भएको भन्दै सहयोगका लागी आग्रह गरेका थिए ।

जवाफमा पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले मिस्टर युनिभर्समा सहभागीताको लागी सरकार र नेकपाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।