सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षमा डा. विष्ट नियुक्त

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षमा डा. विष्ट नियुक्त


काठमाण्डु – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले डा. विष्टलाई संस्थाको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. विष्ट यसअघि नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष बनेका थिए । नेपाल टेलिभिजन र रेडियो नेपाल व्यवस्थापन गर्न सरकारले केही महिना अघि सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो । ऐन बमोजिम सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा. विष्ट नियुक्त भएका छन् ।