६ नम्बर प्रदेशमा माओवादीमा शाही र भण्डारीबीच मुख्यमन्त्रीको प्रतिस्पर्धा

६ नम्बर प्रदेशमा माओवादीमा शाही र भण्डारीबीच मुख्यमन्त्रीको प्रतिस्पर्धा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज –मुख्यमन्त्री पदलाई केन्द्रमा राखेर हेर्दा आइतबार मध्याहनसम्म ६ नम्बर प्रदेशको चुनावी राजनीति शान्त थियो । नेपाली कांग्रेसबाट हुम्लाका जिवनबहादुर शाही वा सुर्खेतका तप्तबहादुर विष्ट र वाम गठबन्धनबाट यमलाल कँडेल मध्येबाट प्रदेश ६ मा मुख्यमन्त्री हुने धेरैको आँकलन थियो ।

 

आइतबार दिउसो यो प्रदेशको राजनीति एकाएक तरंगित भयो । यसको कारक बने–बिनाबिभागीय मन्त्री महेन्द्रबहादुर शाही,जसले कालिकोटबाट प्रदेशसभामा मनोनयन दर्ता गरे ।

 

 

 

र, उनले आफनो उदेश्य पनि स्पष्ट पारे–पार्टीको तर्फबाट मुख्यमन्त्री बन्ने । शाहीको यो आकांक्षाले बाम गठबन्धनका दुई नेता जुम्लाका भण्डारी र सुर्खेतका कँडेललाई एकैपटक घोचेको छ ।

 

 

पहिलो संविधानसभामा निर्वा्चित जुम्लाका भण्डारी पार्टी नेतृत्वसंगको ‘सहमति’ पछि जुम्लाबाट प्रदेशसभा चुनाव लड्न तयार भएका हुन । समर्थकले पनि उनलाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरिरहेका छन् ।

 

आफनो दाबीलाई बलियो पार्दै भण्डारीले भने,

-पार्टीले मेरो सन्दर्भमा अनौपचारिक डिसिजन गरिसकेको अवस्था हो ।
-त्यसैले म प्रदेशसभामा झरेको हुँ ।
-(उहा)महेन्द्रको बारेमा के कुरा भएको छ भन्ने मलाई थाहा छैन । आजको नागरिकमा यो खबर छ ।