कालिकोट घटनाको छानबिन गर्न मन्त्री महेन्द्रबहादुर शाहीको माग

कालिकोट घटनाको छानबिन गर्न मन्त्री महेन्द्रबहादुर शाहीको माग


 काठमाडौं– विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन्।

 

 

शनिबार विज्ञप्ति जारी गर्दै मन्त्री शाहीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन्।

 

साथै उनले मृतकको परिवारलाई राहत तथा घाइतेहरुको उपचारको व्यवस्था गर्नसमेत सरकारसमक्ष माग गरेका छन्।

 

 

शुक्रबार कालिकोट सदरमुकाममा प्रहरीको गोली प्रहारबाट एक म्यादी प्रहरीको मृत्यु भएको थियो।

 

जारी विज्ञप्तिमा भनिएको छ, ‘यही पुस ७ गतेका दिन कालिकोट जिल्ला सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद् मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

 

 

मन्त्री शाहीले दुःखद् घटना भइसकेकाले अब संयमित भएर अघि बढ्नसमेत सबैलाई आग्रह गरेका छन्।

 

आफ्नो तलब कटाइएको भन्दै कालिकोटका म्यादी प्रहरी आन्दोलनमा उत्रिएपछि शुक्रबार त्यहाँ तनाव भएको थियो।