सरकारले राजदूत फिर्ता बोलाउनु स्वाभाविक हो : प्रमुख सचेतक बर्ताैला

सरकारले राजदूत फिर्ता बोलाउनु स्वाभाविक हो : प्रमुख सचेतक बर्ताैला


काठमाण्डु – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय स्वाभाविक भएको बताएका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले राजदूत फिर्ता बोलाउने कुरा सरकारको नियमित काम भएकाले स्वाभाविक रूपमा लिनुपर्ने बताए ।

विगतदेखि नै सरकार परिवर्तन हुँदा राजदूत परिवर्तन गर्ने काम भइरहेका कारण कूटनीतिक क्षेत्रमा कुनै असर नपर्ने उनले बताए । उनले राष्ट्रिय हित प्रवर्द्धनका लागि सरकारले आफ्नो काम निरन्तर गर्ने धारणा राखेका छन् ।

बर्तौलाले सरकारको सहजताका रूपमा राजदूत परिवर्तनको विषयलाई लिनुपर्ने बताए । उनले प्रधानमन्त्रीले भारत भ्रमणबारे छिट्टै सदनमा जानकारी गराउने बताए ।