महेश बर्तौला सत्तापक्षको मुख्य सचेतक नियुक्त

महेश बर्तौला सत्तापक्षको मुख्य सचेतक नियुक्त


काठमाण्डु – सत्ता पक्षको मुख्य सचेतकको जिम्मेबारी नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पाएका छन् । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधबार सत्ता पक्षको प्रमुख सचेतकमा बर्तौलालाई मनोनयन गरेका हुन् ।

ओलीले नेकपा एमाले संसदीय दलको विधान २०७७ र संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा असार २ गतेबाट लागू हुनेगरी मनोनयन गरेका हुन् ।

मुख्य सचेतकलाई सत्तारुढ दलबाट नियुक्त गर्ने गरिन्छ । मुख्य सचेतकले सत्तारुढ दलका प्रमुख सचेतकको समेत नेतृत्व गर्ने व्यवस्था संसद् नियमावलीमा छ ।

बर्तौलाले यसअघि एमालेको सचेतक र प्रमुख सचेतकको जिम्मेवारी सम्हालीसकेका छन् । बर्तौलाले अब संसद्मा एमालेसहित कांग्रेस, जसपाको समेत मूख्य सचेतकका रुपमा भूमिका खेल्नेछन् ।