महेश बस्नेत भन्छन्, ‘प्रदेशको अस्थायी मुकाम र प्रमुख तोक्ने काम अपरिपक्व’

महेश बस्नेत भन्छन्, ‘प्रदेशको अस्थायी मुकाम र प्रमुख तोक्ने काम अपरिपक्व’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – नेकपा एमालेका युवा नेता महेश बस्नेतले नयाँ जनमतअनुसार सरकार बन्न नसकेको बताएका छन् । उनले वर्तमान सरकार विभिन्न बहाना खोजेर नयाँ सरकार गठनमा अवरोध गरिरहेको उल्लेख गर्दै त्यो जनमतको अवहेलना भएको बताए ।

‘संविधानमा बाधा अड्काउ फुकाउने प्रावधान समेत छ,’ टेक मिडिया हाउसले शुक्रबार भक्तपुरमा गरेको बधाई कार्यक्रममा उनले भने, ‘तर, वर्तमान सरकार अनेक बहाना खोजेर नयाँ सरकार गठनमा अवरोध गरिरहेको छ, यो जनमतको अवहेलना हो ।’

 

भक्तपुर २ बाट निर्वाचित सांसद समेत रहेका बस्नेतले केपी ओली सरकार अल्पमतमा पर्दा राष्ट्रपतिबाट बाधा अड्काउ फुकाएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिएको उल्लेख गर्दै लोकतन्त्रको ठेक्का लिएकाहरुले नै त्यसको उपहास गरिरहेको बताए ।

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोश पोख्दैं कार्यकर्तालाई आर्थिक सहायता, प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने कुरामा पनि सरकारले सही निर्णय निर्णय लिन नसकेको बताए । ‘प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुखहरु तोक्ने कुरामा सरकारले अपरिपक्व र बिना तयारी काम ग¥यो,’ उनले थपे, ‘आन्दोलन आफैले सिर्जना हुने काम ग¥यो ।’

 

उनले भक्तपुरमा ३ प्रदेशको राजधानी नतोकेर यहाँका बासिन्दालाई सरकारल ठूलो अन्याय गरेको समेत बताए । सरकारद्धार गठित कार्यदलले भक्तपुर, ललितपुर र काभ्रेमा कुन उचित हुन्छ भनेर मसिनो ढंगले अध्ययन गरेको उल्लेख गर्दै उनले भक्तपुर राजधानीका लागि उचित हुने प्रस्ताव समेत गरेको बताए ।

 

 

‘यस क्रममा भक्तपुरमा २ सय ५० रोपनी जग्गामा अवस्थित शिक्षा विभागको कार्यलय छ, यहाँ ७ वटा शाखा कार्यलयहरु अवस्थित छन्, दुई सय बढी कोठाहरु छन् । यो ठाउँमा मुख्यमन्त्री र मन्त्रीहरुको कार्यालय बनाउन सकिन्छ । पछिल्लो पुनसंरचनाअनुसार शिक्षा विभाग छुट्टै कार्यलयका रुपमा राखिरहन आवश्यक छैन् भन्ने प्रतिवेदन दिएको सन्दर्भ छ, यस्तै त्यहाँ नजिकै बोडेमा कृषि विकास केन्द्रको तालिम केन्द्र छ । जसमा प्रदेशसभा राख्न सकिन्छ,’ उनले भने, ‘त्यसैले यहाँ प्रदेश ३ को राजधानी बनाउँदा राज्यले संरचना बनाउदा लाग्ने अर्बौ खर्च बच्छ ।’

 

 

 

उनले भक्तपुर राजधानी बनाउनका लागि सबै किसिमले उपयुक्त भएको बताउँदैं यो मिनि सिंहदबारको झल्को दिने खालको रहेको समेत दाबी गरे । ‘स्व्चछ वातावरण, पहुँचका हिसाबले पनि सिंहदरबारबाट नजिकै र ३ नम्बर प्रदेशका १३ जिल्लाको सुगमताका हिसाबले पनि मिनी सिंहदरबारजस्तो निकै सुगम छ,’ उनले भने ।

 

 

राप्रपा नेपालका अध्यक्ष तथा वर्तमान सरकारका उपप्रधानमन्त्री कमल थापाले आफ्नो संकटमा परेको राजनीतिलाई जोगाउनका लागि हेटौडामा प्रदेशको अस्थायी मुकाम लिएको बताए । १३ जिल्लाले भक्तपुरलाई राजधानी बनाउन एकै ठाउँमा भएको अवस्थामा समेत कुनै छलफल नगरिएको उनको आरोप थियो ।

 

 

उनले प्रदेश प्रमुख र अस्थायी मुकामबारे दुई तिहाइ होल्ड गरेको बामगठबन्धन र झण्डै बहुमत रहेको एमालेसँग कुनै छलफल नगरेको दाबी गरे । नेता बस्नेतले राजनीतिक ब्यक्तिलाई प्रदेश प्रमुख तोकिएकोमा समेत असन्तुष्टी ब्यक्त गरे ।