महिलालाई ऐनमै ५० प्रतिशत आरक्षणको व्यवस्था गर्ने प्रदेश सरकारको तयारी

महिलालाई ऐनमै ५० प्रतिशत आरक्षणको व्यवस्था गर्ने प्रदेश सरकारको तयारी


पर्सा– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले ल्याउन लागेको प्रहरी ऐनमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न लागेको खुलासा गरेका छन् । उनले शान्ति सुरक्षा कायम राख्न महिलाहरु सक्षम भएको धारणा राखे । मुख्यमन्त्री राउतले पढेलेखेका महिलालाई प्रदेशको उच्च ओहदासम्म पु¥याउन प्रदेश सकारले आरक्षणको व्यवस्थासमेत गर्न लागिएको बताए ।

मुख्यमन्त्री राउतले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि शुभकामना समेत व्यक्त गरेका छन् ।
रावतले भने ‘यो पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी दिगो शान्तिसहित सामाजिक आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गर्न सकोस् । ’

प्रदेश सरकारले थालनी गरेको ‘बेटी पढाइ बेटी बचाइ’ अभियान अब प्रदेश सरकारको मात्र नभई यसलाई समाजले आत्मसात् गरेकाले यो सफल हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री राउतले यो अभियानका लागि प्रदेश नं २ का स्थानीय तहले बजेट विनियोजन गरेको र समाजले पनि यसलाई सफल बनाउन स्वःस्र्फुतरुपमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकाले अब यो जनताको अभियान बन्दै गएको बताए ।