काठमाण्डु– एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।
मलेसियामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनाएको हो ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन् । अलिशाकुमारी यादवले आक्रामक ब्याटिङ गरिन् । उनले ९ बलमा अविजित २० रन जोडिन् ।
बलिङमा भारतकी पारुनिका सिशोडियाले सर्वाधिक ४ विकेट लिइन् ।
पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतिक्रिया