काठमाण्डु–काठमाडाैंकाे माइतीघरमा रहेको राष्ट्रिय झन्डा राखिएको पोलमा चढेर एक महिला हाम फाल्ने प्रयास गरेकी छन् । लामो समयदेखि माइतीघरमा धर्ना दिइरहेकी तारा शाही नाम गरेकी ती महिला शनिबार पोलमा चढेकी हुन् ।
२ वर्षसम्म लिभ–इन सम्बन्धमा बसेर पनि केटाले विवाह गर्न नमानेपछि महिलाले विगत एक महिनाभन्दा बढी समयदेखि माइतीघरमा बसेर धर्ना दिँदै आइरहेकी थिइन् ।
माइतीघरमा आफूले छाडेको ब्यानर हराएको भन्दै उनी पोलमा चढेकी हुन् । उनलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
प्रतिक्रिया