नोबेल पुरस्कार विजेता मलालामाथि आक्रमण गर्ने लडाकु जेलबाट भागे

नोबेल पुरस्कार विजेता मलालामाथि आक्रमण गर्ने लडाकु जेलबाट भागे


इस्लामाबाद – नोबेल पुरस्कार विजेता पाकिस्तानी विद्यार्थी मलाला युसफजाइ लगायत सयौं स्कुले विद्यार्थीमाथि आक्रमण गरेको अभियोगमा पक्राउ परेका तालिबान बिद्रोही समूहका लडाकु जेलबाटै भागेका छन् ।

पाकिस्तानमा १ सय ३२ स्कुले विद्यार्थीको हत्या गरेको अभियोगमा एसानुल्लाह एशान पाकिस्तानी जेलमा थुनिएका थिए । अभियुक्तले आफू जेलबाट भागेको भन्दै एक अडिओ समेत सार्वजनिक गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त अडिओ क्लिपमा एसानुल्लाहले पाकिस्तानी सुरक्षा संयन्त्र असफल रहेको समेत दावी गरेका छन् । उनले आफू यही जनवरी ११ मा जेलबाट भाग्न ‘सफल’ भएको दावी गरेका हुन् ।

‘भगवानको सहायताका कारण सुरक्षा फौजबाट जनवरी ११ मा म भाग्न सफल भएँ,’ उनले अडिओ क्लिपमा भनेका छन् । तर आफू अहिले कहाँ रहेको भन्ने बारे खुलाएका छैनन् । छिट्टै यसबारे विज्ञप्ति जारी गर्ने उनको भनाइ छ ।

२०१२ मा पाकिस्तानको स्वात उपत्याकास्थित एक स्कुलमा पढिरहेका विद्यार्थीमाथि तालिबान लडाकुले हमला गरेका थिए । किशोरीलाई स्कुल पठाइएको विरोधमा उनीहरुले आक्रमण गरेका थिए ।

तर २२ वर्षीया मलाला युसफजाइले त्यसबेला तालिबान हमलाको विरोध गर्दै किशोरी शिक्षाको पक्षमा उभिएकी थिइन् ।