एजेन्सी । मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले काश्मीरको मामिलालाई लिएर आफू पछि नफर्किने जनाएका छन् ।
उनले गएको सेप्टेम्बर २४ का दिन संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै भारतले काश्मीरलाई कब्जा गरेको आरोप लगाएका थिए । मलेशियाको यो भनाइप्रति भारतले आपत्ति जनाएको थियो ।
यही कारणले गर्दा दुवै देशबीच व्यापार युद्धको जस्तो अवस्था उत्पन्न भएको छ । मलेशियाको पाम तेलको भारत ठूलो बजार हो । भारतीय कारोबारीहरुले मलेशियाली तेल बहिस्कारको धारणा राखेका छन् । यही अवस्थामा मलेशियाका प्रधानमन्त्रीले काश्मीरको बारेमा आफू पछि नहट्ने जनाएका हुन् ।
महाथिरले भनेका छन्, ‘हामी मनदेखि नै बोल्छौं । बोलेपछि पछि हट्दैनौं । हामीले काश्मीरको समस्याको समाधान संयुक्त राष्ट्र संघको प्रस्तावअनुसार हुनुपर्छ भन्यौं । यदि त्यसो नगर्ने हो भने संयुक्त राष्ट्र संघको के मतलब ?’
प्रतिक्रिया