भ्रष्टाचारको आरोपमा मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब पक्राउ

भ्रष्टाचारको आरोपमा मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी –मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । उनीमाथी वान एमडीबी राज्य लगानी कोषमा भएको भ्रष्टाचारमा संलग्न रहेको आरोप छ ।

भ्रष्ट्राचारको आरोपबारे अनुसन्धान गर्न रजाकलाई प्रक्राउ गरिएको अन्र्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । मलेसियामा गत मे ९ मा भएको निर्वाचनमा नाजिबको गठबन्धनले चुनावमा हार ब्यहोरेको थियो । निर्वाचनमा भ्रष्टाचार काण्डकै कारण हार ब्यहोर्नु परेको बताइएको छ ।

नयां सरकार बनेसंगै भ्रष्टाचार प्रकरणमा छानबिन शुरु गरिएको हो । यसअघि मंगलबार मलेसियाको एन्टी करप्सन एजेन्सीले नाजिबका छोरा तथा हलिउडका चलचित्र निर्माता रिजा अजिजसंग समेत सोधपुछ गरेको थियो ।