शिकारीको आक्रमणमा परी मालीमा ३२ जनाको मृत्यु

शिकारीको आक्रमणमा परी मालीमा ३२ जनाको मृत्यु


बामाको – मालीको मध्य क्षेत्रमा भएको एउटा घटनामा परी कम्तीमा ३२ जना आम नागरिक मारिएका छन् । घटनाका कारण अरु दश जना बेपत्ता भएको पनि सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

स्थानीय आदिवासी शिकारीहरूको आक्रमणमा परी उनीहरू मारिएको बताइएको छ । मोप्टी क्षेत्रमा पर्ने कौमाङ गाँउमा डोगोन आदिवासी समूहको सशस्त्र डोजो शिकारी समूहले आक्रमण गरेको आशंका गरिएको छ । मारिनेमा केही बालबालिका सहित पशुपालक किसानहरु पनि रहेको जनाएको छ ।

उनीहरूले चारैतिरबाट गाँउलाई घेरे, रक्तपात पूर्ण तरिकाले कम्तीमा ३२ नागरिक मारिएका छन, स्थानीय तविताल पुलाकु एसोसिएसनका अध्यक्ष अब्दुल अजिज डिआलोले भन्नुभयो । उनले घटनामा परी अरु दश जना बेपत्ता भएको पनि जानकारी दिए ।

मालीको रक्षा मन्त्रालयले भने पछिल्लो आक्रमणका बारेमा अहिले सम्म केही पुष्टी गरेको छैन । पछिल्लो तीन वर्षमा मध्य माली क्षेत्रमा हिंसात्मक घटना बढ्दै गएका छन् । फुलानी पशुपालक र बाम्बारा र डोजोङ किसानहरूबीचमा डोजोन ल्याण्डमा झगडा हुँदै आएको छ । (एएफपी)