काठमाण्डु – भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई उत्कृष्ट फिनिसर मानिन्छ । उनले टी-२० क्रिकेटमा लक्ष्य पछ्याउँदा २० रनको अपराजित इनिङ्स खेलेका थिए । धोनीको यो कीर्तिमान पाकिस्तानी खेलाडी शोएब मलिकले तोडेका छन् ।
मलिकले न्युजिल्यान्डविरुद्ध २६ रनको अपराजित पारी खेल्दै यो कीर्तिमान तोडेका हुन् । उनी मंगलबार न्युजिल्यान्डविरुद्ध लक्ष्य पछ्याउँदै २१ पटक नटआउट फर्किए र धोनीलाई ओभरटेक गर्न सफल भए ।
लक्ष्य पछ्याउने क्रममा धोनीले अन्तिम चार ओभरमा कुल १८९ बल सामना गर्दै २९५ रन बनाएका थिए। उनले १५६.०८ को स्ट्राइक रेट र ४९.१७ को औसतमा रन बनाएका थिए । मलिकले पनि धोनीको बराबरी खेलेका छन् र उनको बराबरको स्ट्राइक रेटमा समान औसतमा रन बनाएका छन्।
आईसीसी टी-२० विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा भारतलाई हराएको पाकिस्तानले दोस्रो खेलमा न्युजिल्यान्डलाई पनि हराएको हो । न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो । जवाफमा पाकिस्तानले १८.४ ओभरमा ५ विकेट गुमाएर जित हात पारेको थियो । पाकिस्तानको जितमा अनुभवी ब्याट्सम्यान शोएब मलिकले २६ रनको अविजित इनिङ्स खेले ।
यस्तै मोहम्मद रिजवानले ३३, सोयब मलिक, आसिफ अलीले अविजित २७/२७ रन बनाए । मोहम्मद अफीज, फखर जमान, इमाद वसीम ११.११ र कप्तान बाबर आजम ९ रनमा आउट भए । बलिङमा इस सोढीले दुई, ट्रेन्ट बोल्ट, टिम साउथी र मिचेल सान्टनरले एकरएक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो । उसका लागि डारियल मिचेल, डेभन कन्वेले २७/२७, कप्तान केन विलियम्सनले २५, मार्टिन गुप्टिलले १७ र ग्लेन फिलिप्सले ११ रन बनाए ।
बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकसमेत रन जोड्न सकेनन् । बलिङमा तीव्र गतिका बलर हरिस रोफले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा २२ रन दिएर महत्वपूर्ण ४ विकेट लिए । हरिसले फिलिप्स, कन्वे, गुप्टिल र मिचेल सान्टनरलाई आउट गरेका हुन् । त्यस्तै, शाहीनसाह अफ्रिदी, मोहम्मद अफीज र इमाद वसीमले एकरएक विकेट लिए । पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए ।
प्रतिक्रिया