काठमाण्डु – काठमाडौं महानगरपालिका वडा नम्बर २९ ठमेलस्थित एक होटलबाट ५ किलो लागु औषध कोकिनसहित एक जना मलेसियन महिला पक्राउ परेकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको परिसर र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले काठमाडौं सिटी होटलमा छापा मार्दा मलेसियाकी ४७ वर्षीया महिला बथुमलाई भादिभालोलाई पक्राउ गरेको जानकारी दिए ।
उनको कोठामा फेला परेका ६ वटा स्कुल ब्यागको फल्स बटम हेर्दा कोकिन बरामद भएको एसपी अधिकारीले जानकारी दिए । ती महिलाबाट बरामद भएको ५ किलो ८२० ग्राम कोकिन अवैध बजारमा २० करोड ३७ लाख बराबर रूपैयाँमा विक्रि हुने प्रहरीले जनाएको छ।
एसपी अधिकारीले उनी मलेसियाबाट लाओस र बैंकक हुँदै १३ जुलाइमा काठमाडौं आइपुगेकी थिइन्। उनी १९ जुलाइमा नेपालबाट पुनः मलेसिया फर्किँदै थिइन् ।
प्रतिक्रिया