जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा उठाउने

जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा उठाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिके राउत नेतृत्वको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जनमत पार्टीको कार्यकारी बैठकले झालाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्ने अघिल्लो दिन जनमतले उपराष्ट्रपतिमा दाबी गर्दै पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज झालाई अघि सारेको हो ।

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी जसपा नेपालले पनि दाबी गर्दै आएको छ । उसले बारा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपति आफूले पाउनु पर्ने भन्दै उमेर नै नपुगेकी रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।