मनकामना केबलकार आजदेखि डिजिटलम प्रविधिमा

मनकामना केबलकार आजदेखि डिजिटलम प्रविधिमा


चितवन-मनकामना केबलकार आजदेखि नियमित सञ्चालन हुँदैछ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो केबलकार डिजिटल प्रविधिमा सञ्चालन हुन लागेको हो ।

स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । २६ वर्षदेखि एनालग प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार डिजिटल प्रविधिमा रूपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरीवेक्षणमा डिजिटल प्रविधिमा रूपान्तरण गर्ने काम सम्पन्न भएको हो ।

गोरखाको शहीद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जानका लागि २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा आएको थियो ।

यस केबलकारको बटम स्टेसन प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा पर्दछ ।