मनाङ एयरले २९ करोड लगानीमा थप्यो हेलिकोप्टर

मनाङ एयरले २९ करोड लगानीमा थप्यो हेलिकोप्टर


काठमाडौं– मनाङ एयरले २९ करोड लगानीमा नयाँ हेलिकोप्टर थप्ने भएको छ।

 

मनाङले (एएस ३५० बी ३ ई) एयरबस हेलिकोप्टर थप्न लागेको हो।

 

हेलिकोप्टर ल्याउन आगामी फेब्रअरी ७ मा पाइलट सहितको टोली सिंगापुर जाने कार्यक्रम तय भएको एयरका बोर्ड डाइरेक्टर राजेन्द्र मल्लले जानकारी दिए।

 

उनका अनुसार फ्रान्सको एयर बस कम्पनीमा बनेको नयाँ मोडलको हेलिकप्टर खरिद गर्न थालिएको हो।

 

सिंगापुर, मलेसिया, वर्माको बाटोबाट काठमाडौं ल्याउन थालिएको हो।

 

मनाङ हालसम्म २ वटा हेलिकोप्टर सञ्चालन गर्दै आएको छ। उसले थप एउटा उडानको लागि अनुमति पाइसकेको छ।