मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन


काठमाण्डु – सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । नाइनएनए-एमभी कलसाइनको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

१० बजेबाट सम्पर्कविहीन भएकोमा बीचमा एकपटक सम्पर्क भएपनि अहिले पुन: हेलिकप्टर सम्पर्कविहीन भएको मनाङ एयरले जनाएको छ।सम्पर्कविहीन भएको हेलिकप्टरमा चालकसहित ६ जना सवार थिए । हेलिकप्टरको खोजी कार्य भइरहेको छ ।