काठमाण्डु – मनास्लु हिमालको तेस्रो आधार सिविरमा सोमबार गएको हिमपहिरोमा परि वेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सङ्खुवासभाका अनुप राई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । अन्य १० जनाको भने सकुशल उद्धार गरिएको छ ।
राईको शव आधार शिविरबाट निकालेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । सोमबार अबेरसम्म चारजनाको उद्धार गरिएको थियो । थप ६ जनाको मंगलबार बिहान उद्धार गरिएको हो ।
मंगलबार बिहानैदेखि हेलिकोप्टरमार्फत पुगेको उद्वार टोलीले हिमपहिरामा परेका निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्वार गरेको हो ।
प्रतिक्रिया