अध्यादेशमार्फत कानूनी बाधाहरू फुकाउने प्रयास गरेका छौं : रक्षामन्त्री राई

अध्यादेशमार्फत कानूनी बाधाहरू फुकाउने प्रयास गरेका छौं : रक्षामन्त्री राई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रक्षामन्त्री मानवीर राईले अध्यादेशमार्फत कानूनी अप्ठ्यारा, बाधाहरू फुकाउने प्रयास गरेको बताएका छन् ।

बिहीबार काठमाण्डुमा भएको कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ लाई सम्बोधन गर्दै उनले कानूनी जतिलताहरूलाई व्यवस्थित गर्न बाँकी रहे पनि केही प्रयास भने गरेको बताएका हुन् ।

उनले भने, ‘हामीले अध्यादेशमार्फत कानूनी अप्ठ्यारा, बाधाहरू लगायत सुशासनसँगै अन्य क्षेत्रका बाधा फुकाउने कोसिस गरेका छौं । पर्याप्त छैन । अहिले पनि हामीले कतिपय कुराहरू कानूनी जतिलताहरूलाई व्यवस्थित गर्न बाँकी छ । कार्यान्वयनको चरण पनि तदरुपकताका साथ छिटो होस् भन्ने कुरा यहाँ आएको छ, हामी लागू गर्ने तयारीमा छौं ।’

कार्यक्रममा फरक–फरक विधामा विभिन्न कम्पनीहरू तथा संस्थाहरूलाई अवार्ड प्रदान गरिएको छ । उत्कृष्ट उत्पादनमूलक उद्योगको रूपमा शिवम् सिमेन्टलाई सम्मानित गरिएको छ ।