मानवीय सहायताको क्षेत्रमा यो वर्ष सबैभन्दा खराब : राष्ट्रसङ्घ

मानवीय सहायताको क्षेत्रमा यो वर्ष सबैभन्दा खराब : राष्ट्रसङ्घ


काठमाण्डु-संयुक्त राष्ट्रसङ्घले सन् २०२४ लाई मानवीय सहायताको क्षेत्रमा सबैभन्दा खराब वर्ष रहेको जनाएको छ ।

अघिल्लो वर्ष सन् २०२३ मा ३३ देशमा दुई सय ८० जना मानवीय सहायताकर्मीको ज्यान गएको थियो । तर यो वर्ष सन् २०२४ को ११ महिना नबित्दै दुई सय ८१ जना मानवीय सहायताकर्मीले ज्यान गुमाएका राष्ट्रसङ्घले पुष्टि गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला तथा आपतकालीन राहत संयोजक टम फ्लेचरले मानवीय सहायताकर्मी उच्च सङ्ख्यामा मारिएका बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख फ्लेचरले द्वन्द्वरत देश र पक्षहरूले मानवताको रक्षा गर्नुपर्ने, अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्ने र दण्डहीनताको युगका लागि आह्वान गर्नुपर्नेमा जोड दिए ।

गाजामा भइरहेको आक्रमण, रूस–युक्रेन युद्ध तथा अफगानिस्तान, कङ्गो, सुडानलगायत विभिन्न देशमा सहायताकर्मीहरू अपहरण, उत्पीडन र युद्धको चपेटामा परेका छन् ।