काठमाण्डु-इङ्लिस प्रिमियरसिपमा मयानचेस्टर युनाइटेडलाई टोटनहामले ३–० गोल अन्तरले पराजित गरेको छ ।
भ्रमणकारी टोलीले शानदार प्रदर्शन गर्दै ओल्ड ट्रायफोर्डमा भएको खेलमा १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले पराजित गरेको हो । यो हारले प्रशिक्षक एरिक टेन हागमाथि दबाब समेत परेको छ ।
खेलको तेस्रो मिनेटमा ब्रेना जोन्सनको गोलबाट टोटनहामको दबदबा सुरु भएको थियो । मिक्की भान डी भेनले बनाएको मुभमा जोन्सनले गोल गरेका थिए ।
४२ औं मिनेटमा ब्रनो फर्नान्डेजले रातो कार्ड पाएपछि म्यानचेस्टर युनाइटेडलाई थप धक्का लागेको थियो । दोस्रो हाफको दोस्रो मिनेटमा नै डेजान भुलिभ्सेस्कीको गोलमा टोटनहामले अग्रतालाई दोब्बर पारेको थियो । नियमित समय सकिन १२ मिनेट बाँकी रहँदा डेभिड सोलान्कोले अर्को गोल थपे ।
इङ्लिस प्रिमियर सिपकै अर्को खेलमा इप्सविच र एस्टनभिल्लाको खेलमा २–२ गोलको बराबरी भएको छ । इप्सविचको घरेलु भूमिमा भएको खेलमा लियाम डेलापले दुवै गोल गरेका थिए ।
भिल्लाका लागि रोजर्स र वाटकिन्सले गोल गरे। आइतबारको खेलपछि टोटनहाम ८ औं स्थानमा छ भने म्यानचेस्टर युनाइटेड १२ औँ स्थानमा छ ।
यसैगरी इप्सविच १५ औं स्थानमा छ । अस्टन भिल्ला भने तालिकामा अग्रता कायम गर्ने अवसरबाट चुकेको छ । १३ अङ्क भएको भिल्ला पाँचौँ स्थानमा छ । १५ अङ्कसहित लिभरपुल शीर्ष स्थानमा छ ।
प्रतिक्रिया