एजेन्सी – म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि नयाँ खेलाडी भित्र्याउने योजना बनाएको छ । प्रशिक्षक पेप ग्वार्डियोलाले चारजना युवा खेलाडीलाई भित्र्याउने योजना बनाएका हुन् । जसमा दुई जना डिफेन्डर र दुई जना मिडफिल्डरमा आँखा लगाएको छ । एट्लेटिको मड्रिडका मिडफिल्डर रोद्रीसँगै फ्रांकफर्टका स्ट्राइकर लुका जोभिक, बेनफिकाका जोयो फेलिक्स र लेस्टर सिटीका डिफेन्डर बेन चीलवेल रहेका छन् ।
इंग्लिस प्रिमियर लिगको उपाधि लगातार दोस्रो पटक जितेको म्यानचेस्टरले नयाँ खेलाडकिा लागि २०० मिलियन पाउण्ड खर्च गर्ने भएको छ ।
सिटीले रोद्रिलाई यसै महिना ३४ वर्ष लागेका फर्ना्न्डिन्होको स्थानमा क्लबमा ल्याउन लागेका हुन् । उनलाई ६० मिलियन पाउण्डमा किन्न लागेको बताइएको छ ।
यस्तै लुका जोभिक जसले च्याम्पियन्स लिगमा उत्कृट खेलेका थिए । उनलाई क्लबले ५० मिलियन पाउण्डमा अनुबन्ध गर्ने योजना गरेको छ । यस्तै फेलिक्सलाई सिटीले भित्र्याउने तयारी गरेको छ ।
प्रतिक्रिया