सुनकोशीको बाढी पसेपछि मन्दिरमा फसे ३३ जना शिक्षक-विद्यार्थी

सुनकोशीको बाढी पसेपछि मन्दिरमा फसे ३३ जना शिक्षक-विद्यार्थी


सिन्धुली–सिन्धुलीको सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुलका २८ विद्यार्थी र गुरूसहित ३३ जना नदीबिचमा फसेका छन् ।

सुनकोशीको सतह बढेर मन्दिरसम्म आइपुगेको र रोशी खोलाले मन्दिरको दुवैतिरबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरूकुलका शिक्षक नारायण घिमिरेले बताए ।

अहिले विद्यार्थी र शिक्षक गुरूकुलको भवनको माथिल्लो तलामा रहेका छन् । बिजुली र इन्टरनेटको पहुँच छैन । उनीहरूले उद्धारका लागि कतैबाट सम्पर्क र पहल नभएको गुनासो गरेका छन् ।